




पोखरा फागुन १७
सिद्धार्थ क्लब पोखराले पोखरा महानगरपालिका वडा कार्यालय ८ का अध्यक्ष श्री रुद्रनाथ बराल ज्यूको प्रमुख आतिथ्यतामा श्री जनप्रिय मा.बि सिमलचौरमा आर ओ प्लान्ट हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि श्री रुद्रनाथ बराल ज्यूले शिलालेख अनावरण गरी आर ओ प्लान्ट उद्घाटन गर्नुभएको थियो । मन्तव्य राख्दै उहाँले सिद्धार्थ क्लबले विद्यार्थीको स्वास्थ्यलाई मध्येनजर गर्दै विद्यालयमा स्वच्छ पिउने पानिको व्यवस्था गरी ठोस कार्यक्रम गरेको भनाई राख्दै उपलब्धीमुलक तथा नतिजा उन्मुख कार्यका लागी वडा कार्यालयले सदैव सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यसै गरि कार्यक्रमका अध्यक्ष पार्वती माकाजूले क्लबले विद्यालयमा विद्यार्थीहरुको शिक्षामा सहयोगको कार्यक्रम गरिरहेकै सन्दर्भमा विद्यार्थीहरुको स्वास्थ्यमा केन्द्रित रही विद्यालय समयमा स्वच्छ पिउने पानी व्यवस्था गर्ने उद्धेश्यका साथ आर ओ प्लान्ट प्रविधि जडान गरी स्वच्छ पानी व्यवस्थापन कार्य सम्पन्न गरिएको जानकारी गराउनु भयो । साथै उहाले प्राप्त सहयोगको उचित सदुपयोगमा विद्यालय प्रतिवद्ध रहनेमा विश्वस्त हुनुभयो । कार्यक्रममा क्लबका सल्लाहकार समिति संयोजक हिराकाजी श्रेष्ठले विद्यालयको आर्थिक अवस्था कमजोर नै रहेको र सहयोग जुटाई विद्यार्थीहरुको शैक्षिक वातावरण सहज बनाउन विद्यालय परिवार लागिरहेको जानकारी भएको र विद्यालयको आवश्यक्त अनुसार सहयोग गरिएको मन्तव्य राख्नुभयो। सहभागिहरुको सक्रिय सहभागिताले कार्यक्रम सफल रहने भनाई राख्दै सिपको सदुपयोग गर्न अनुरोध गर्नुभया त्यसै गरि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गिरी, शिक्षक अभिभावक संघका अध्यक्ष श्री टिकाराम पौडेल र विद्यालयका प्रधानाध्यापक देवी प्रसाद बास्ताकोटीले क्लबले शुद्ध खाने पानी व्यवस्थापन गरी करिव २००० विद्यालय परिवारको जीवनरक्षा जस्तो पुण्य कार्यको प्रशंशा गर्दै सहयोगको सही सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गनूृभयो। साथै उहाहरुले आगामी दिनमा सहयोग निरन्तरताको अपेक्षा राख्नुभयो । आर ओ प्लान्ट प्रविधीबाट शुद्ध खाने पानी व्यवस्थापन कार्य कुल रु ३,०५,५८९। मा सम्पन्न भएको छ । सो कार्यका लागी सिद्धार्थ क्लब पोखराबाट रु २ लाख, युनाइटेड फाइनान्स पोखराबाट रु ९०,०००। सहयोग भएको र बाकी रकम विद्यालयबाट व्यवस्था भएको थियो । सचिव ईन्दिरा मर्सानी श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष तिर्थ श्रेष्ठ र कार्यक्रम माथि प्रकाश निवर्तमान अध्यक्ष विनोद प्रसाद श्रेष्ठले पार्नुभएको थियो ।
Comments closed