




पोखरा फागुन १
सिद्धार्थ क्लब पोखराको आर्थिक बर्ष २०७६।०७७को बार्षिक साधारण सभा क्लबका अध्यक्ष पार्वती माकाजूको अध्यक्षतामा पोखरा ९ न्यूरोड स्थित सिटि स्क्वाएर व्याङक्वेटको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रममा अध्यक्ष पार्वती माकाजूले विश्वव्यापि रुपमा फैलिएको कोरोना महामारीका बिच कार्यक्रमहरु अगाडि बढाउनु पर्ने अवस्थामा आएको चुनौतिहरुबारे जानकारी दिदै सम्पन्न कार्यक्रम तथा संस्थाका गतिविधिहरुबारे उठेका जिज्ञासाहरु प्रस्ट पार्नुभएको थियो । सचिव ईन्दिरा मर्सानी श्रेष्ठले संचालन, प्रथम उपाध्यक्ष तिर्थ श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा आ.ब. २०७६।०७७ को बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, आ.ब.२०७७।०७८ को बार्षिक कार्ययोजना लगायतका एजेण्डाहरुमाथि छलफल गर्नुका साथै संस्थाका सदस्यहरुको समर्थनमा एजेण्डाहरु अनुमोदन गरिएको थियो । विश्वभरी फैलिएको कोभिड १९ को संक्रमणका कारण सरकारले लकडाउन गरेका कारण संस्थाको बार्षिक रुपमा हुनु पर्ने साधारण सभा समयमा हुन नसकेको कारणले नयाँ कार्यसमितिको निर्वाचन कार्यक्रम हुन नसकेको हुनाले हालको परिस्थिती अनुसार पुरानै कार्यसमितिलाई संस्थाको नियमित कार्य तथा कार्यक्रमहरु सञ्चालन गरी अगाडि बढनको लागी आ.ब. २०७७÷०७८ का लागी पार्वती माकाजुको नेतृत्व रहेको पुरानै कार्यसमिति पदाधिकारी सदस्यहरुलाई नै अधिकार प्रत्यायोजन गरिएको छ । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष र सदस्यहरुबाट क्लबले निश्चित क्षेत्रमा विशेष कार्यक्रम गर्नुपर्ने सुझाब दिनुभएको थियो ।
Comments closed