माघ १६ ताङतिङ,मादी गाउपालिका २
सिद्धार्थ क्लब पोखराको सल्लाहकार समितिको बैठक मादी गाउँपालिका वडा नं २ कार्यालयको सभाहल ताङतिङमा समितिका संयोजक हिराकाजि श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।
मिति २०७७ माघ १६ र १७ गते बसेको थियो । बैठकमा संस्थाको आ.ब. २०७७।०७८ मा सम्पन्न गर्न सकिने कार्यक्रमहरुको योजना गर्नुका साथै आगामि दिनका संस्थाको कार्यक्षेत्र तथा विषयगत सवालहरु, संस्थाको विधान तथा नियमावलिहरु माथि छलफल गरिएको थियो । संस्थाले आगामि दिनमा कुनै विशेष क्षेत्रलाई पकेट क्षेत्रका रुपमा लिई सामाजिक गतिविधिहरु संचालन गर्ने रणनीति लिनु पर्ने धारणा छलफलमा पूर्व अध्यक्षहरुले राख्नुभएको थियो । युवा, बाल शैक्षिक, महिला, वातावरण, स्वास्थ्य, पर्यटन, एम्बुलेन्स, शववाहन सेवा, विधुतिय पुस्तकालय, सचेतना, जेष्ठ नागरिकका सवालमा रहेर कार्यक्रम संचालन गर्नुका साथै सामाजिक सेवा पुरस्कार स्थापना गर्ने र संस्थाबारे जानकारी गराउन यु ट्युव सञ्चालन गर्ने विषयमा बैठकमा छलफल भएको थियो ।
कार्यक्रममा संस्थाका १७जना पूर्व अध्यक्षहरु र अध्यक्ष पार्वती माकाजू प्रथम उपाध्यक्ष तिर्थ श्रेष्ठ र व्यवस्थापन प्रमुख सुशिल पराजुली गरी २० जनाको उपस्थिीति रहेको थियो । कार्यक्रम संचालन सल्लाहकार समिति सचिव एवं पूर्व अध्यक्ष रवि मर्सानीले गर्नृभएको थियो भने छलफल बैठक सहजिकरण पूर्व अध्यक्षद्वय प्रदिप बज्राचार्य र सुमन कुमार श्रेष्ठले गर्नु भएको थियो ।

Comments closed