पोखरा पौष २५
सिद्धार्थ क्लबको आ.ब. २०७६।०७७को बार्षिक प्रगति समिक्षा कार्यक्रम क्लबका अध्यक्ष पार्वती माकाजूको अध्यक्षतामा पोखरा ९ न्यूरोड स्थित सिटि स्क्वायर वैङक्यूटको सभाहलमा सम्पन्न भएको थियो ।
क्लबका अध्यक्ष पार्वती माकाजूले समिक्षा कार्यक्रममा आएका सुझावहरु लाई मध्यनजर गर्दै कार्यक्रम तथा गतिविधिहरुमा परिवर्तन गरिदै लगिने भनाई राख्दै संस्थालाई मार्गनिर्देशन गर्न संस्थाका सदस्यहरुको सक्रिय सहभागितामा जोड दिनुभयो । यसै गरि आफनो मन्तव्य राख्दै निवर्तमान अध्यक्ष विनोद कुमार श्रेष्ठले पूर्वअध्यक्ष एवं कार्यसमिति सदस्यहरुको सक्रिय सहभागिताको प्रशंसा गर्दै आएका सुझावहरुलाई कार्यान्वयन गरिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा उपस्थित पूर्व अध्यक्षहरुले सामाजिक उत्तरदायित्वको क्षेत्रमा वृहत कार्यक्रमहरु तय गर्नु पर्नेमा जोड दिदै सदस्यहरुलाई कार्यक्रमहरुमा सहभागि गराउदै सामाजिक कार्यमा सक्रिय बनाउदै अगि बढन सुझाव दिनुभयो ।
कार्यक्रममा आर्थिक वर्ष २०७६।०७७मा सम्पन्न भएका कार्यक्रमहरुका साथै आर्थिक प्रतिवेदन माथि छलफल गर्नुका साथै २०७७।०७८ का अनुमानित कार्यक्रमलाई संक्षिप्त रुपमा जानकारी गराइएको थियो ।
संस्थाका पूर्व अध्यक्ष, कार्यसमिति सदस्य र कर्मचारीको उपस्थिती रहेको कार्यक्रम निर्देशक सचिन श्रेष्ठको संयोजक्ता,पूर्व अध्यक्ष प्रदिप बज्राचार्यको सहजिकरणमा सम्पन्न भएको थियो । समिक्षा कार्यक्रम संचालन सचिव ईन्दिरा मर्सानी र स्वागत मन्तव्य प्रथम उपाध्यक्ष तिर्थ श्रेष्ठले गर्नुभएको थियो ।

Comments closed