




पोखरा फागुन १६
सिद्धार्थ क्लब पोखराले पोखरा महानगरपालिका वडा कार्यालय ८ का अध्यक्ष रुद्रनाथ बरालको प्रमुख आतिथ्यतामा १५० युनिट रक्त सेवाको निःशुल्क व्यवस्था गर्दै असहाय रक्तसहायता कोष हस्तान्तरण कार्यक्रम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको सभाहलमा सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि रुद्रनाथ बरालले सिद्धार्थ क्लबले आयोजना गर्ने मानविय सेवा का साथै समाज रुपान्तरणका कार्यक्रमहरु प्रभावकारी रहने भनाइ राख्दै वडा कार्यालयसंगको सहकार्यमा कार्यक्रमहरु आयोजना गर्ने कार्यलाई निरन्तरता दिनको लागि अनुरोध गर्दै समुदाय केन्द्रित कार्यक्रमहरुमा वडाको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष पार्वती माकाजूले क्लबले गरिब, असहाय व्यक्तिहरु आर्थिक कारण रगतको अभावले ज्यान गुमाउन पर्ने अवस्था नरहोस भन्ने मनसायले निःशुल्क रक्त सेवाको व्यवस्थाका लागी कार्यक्रम आयोजना गरिएको हँुदा संघ संस्था, व्यवसायीहरुलाई सो कार्यमा हातेमालो गर्न अनुरोध गर्नुभयो । यसैगरी नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डेले सिद्धार्थ क्लब संगको संस्थागत सम्बन्ध निकै पुरानो रहेको जानकारी गराउदै क्लबका सामाजिक गतिविधिहरुको प्रशंसा गर्नूभयो । साथै उहाले गत बर्ष क्लबले ने.रे.सो.कास्कीलाई १८७ युनिट रगत बरावरको रकम सहयोग गरेको स्मरण गर्दै यस पटक १५० युनिट रक्त पोका सहयोग गरी सहयोग निरन्तरता गरेकोमा धन्यबाद व्यक्त गर्दै आगामि दिनमा पनि मानविय सेवाका कार्यमा निरन्तर हातेमालो एवं सहकार्यका लागी अनुरोध गर्नुभयो ।
कार्यक्रममा सिद्धार्थ क्लबले नेपाल रेडक्रस सोसाईटी,कास्की शाखालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा लिन आउने असहाय, गरीब व्यक्तिहरुको उपचारर्थ आवश्यक रक्त सेवा निःशुल्क व्यवस्थाका लागि १५० युनिट रगत पोका बराबरको रकम अक्षरुपी नगद रु एकलाख पाँच हराजरको चेक हस्तान्तरण गरिएको थियो । सिद्धार्थ क्लबको रक्त साहायता कार्यक्रमबाट प्ररित भई कार्यक्रममा चिप्लेढुङगा मिसा पुचःले सोही कार्यक्रममै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कास्कीलाई ३० युनिट रक्त पोका वरावरको रकम सहयोग गरेको छ ।क्लबका सचिव ईन्दिरा मर्सानीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रम माथि प्रकाश निवर्तमान अध्यक्ष विनोद प्रसाद श्रेष्ठले गर्नुभएको थियो ।
Comments closed