फागुन १ पोखरा
सिद्धार्थ क्लब पोखराले रक्त संचार केन्द्र, पोखराको प्राविधिक सहयोग तथा सहयोगी संस्था सिद्धार्थ टोल विकास संस्था ,बगालेटोल सामुदायिक विकास केन्द्र र ट्रेडमल दिदीबहिनी समूहको साथमा पोखरा–४ मानवअधिकार चोकमा ९२ यूनिट रक्त संकलन गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश, प्रदेश सभा सदस्य माननिय श्री बिन्दुकुमार थापाले प्रथम रक्तदाता एवं सिद्धार्थ टोल विकास संस्थाका कोषाध्यक्ष भवानी माकाजूलाई ब्लड व्याग हस्तान्तरण गरी शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि माननिय विन्दुकुमार थापाले सिद्धार्थ क्लबका सामाजिक कार्यक्रमहरुको प्रशंशा गर्दै रक्तदान कार्यक्रमले जनमानसमा रक्तदान गर्न प्रोत्साहन गर्नुका साथै समाजमा आवश्यक रगत परिपूर्ति गर्न सहयोग गर्ने विश्वास व्यक्त सहित कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
समाजमा रगतको आवश्यक भएका बेला रगत अभावकै कारणले हुन सक्ने मानवीय क्षतीलाई न्यूनिकरण गर्ने उद्येश्य राखी क्लबले स्थापना काल देखीनै नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको र आवश्यक पर्दा आकस्मिक रक्तदान गर्नै गरेको र यस कार्यलाई सदैव निरन्तरता दिने जानकारी गराउदै सभाध्यक्ष पार्वती माकाजूले सहयोगी संस्था, शुभचिन्तक एवं रक्तदान गर्ने सम्पूर्ण दाताहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक प्रमोद नारायण श्रेष्ठले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन संयुक्त रुपमा सचिव ईन्दिरा मर्सानी श्रेष्ठ र पूर्व अध्यक्ष रवि मर्सानीले गर्नुभएको थियो ।

Comments closed