




पोखरा, २६ माघ
सिद्धार्थ क्लब पोखराले अन्नपूर्ण गाउँपालिका–३ पाउदुर स्थित श्री धारापानी माध्यामिक विद्यालयमा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखिकरण तथा सेफ्टी प्याड वितरण कार्यक्रम अन्नपूर्ण गाउँपालिका वडा नं ३ का अध्यक्ष चन्द्र बहादुर गुरुङ को प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि चन्द्र बहादुर गुरुङ्गले सारिरिक कसरत र सरसफाइमा ध्यान नदिदा विभिन्न संक्रमणहरु भई रोग निम्त्याउने हुदा त्यस प्रति ध्यान दिनु पर्ने मा जोड दिदै किशोरीहरु लक्षित यस कार्यक्रमले सरसफाइ तथा स्वास्थ्य चेतनामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसैगरि क्लबका अध्यक्ष पार्वती माकाजूले विद्यालय समयमा महिनावरीका कारण किशोरीहरुको पठन पाठनमा पुग्ने असरलाइ न्यूनिकरण गर्नुका साथै किशोरीहरुमा प्रजनन स्वास्थ सम्बन्धी सचेत रहन कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै प्रजनन स्वास्थ्य आफु पनि सचेत रहन र अरुलाई पनि सो बारे सचेत गराउन अनुरोध गर्नुभयो । अन्नपूर्ण गाउँपालिका शिक्षा अधिकृत बलराम भुगाईले मन्तव्य राख्दै महिनावारी प्राकृतीक प्रकृया भएको हुदा यस बारे सचेत रहनु पर्ने र शिक्षा आर्जनको बाधकका रुपमा यसलाई स्थापित गर्न नहुने भनाई राख्नु भयो ।
क्लबका व्यवस्थापन प्रमुख सुसिल पराजुलीले संचालन, सहजकर्ता साधाना सापकोटा र सामाना कडेलले कक्षा ७,८र ९का छात्राहरुलाई प्रजनन स्वास्थ्य सम्बन्धी सहजिकरण गर्नुभएको कार्यक्रममा विध्यालयलाई १०० थान सेफटी प्याड वितरण गरिएको थियो ।
Comments closed