




पोखरा, २४ पौष
सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिका– थुम्की स्थित शिवालय माध्यामिक विद्यालयमा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखिकरण तथा सेफ्टी प्याड वितरण कार्यक्रम रुपा गाउँपालिका उपाध्यक्ष लाल शुब्बा गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि लाल शुब्बा गुरुङ्गले गाउपालिकाका विद्यालयले गाउपालिका संग प्याड माग गरिरहेको सन्दर्भ तथा गाउपालिकाले व्यवस्था गर्न नसकिरहेको अवस्थामा संस्थाले अभिमुखिकरणका साथै प्याड वितरण कार्यक्रम आयोजना गरी स्थानिय निकायलाई सहयोग गरेको मा धन्यबाद व्यक्त गर्दै प्रजनन् स्वास्थ्य बारे सबै जना सचेत रही स्वस्थ्य जिवन शैली अपनाउनु पर्ने भनाइ राख्नु भयो । यसैगरि क्लबका अध्यक्ष पार्वती माकाजूले विद्यालय समयमा महिनावरीका कारण किशोरीहरुको पठन पाठननै अवरुद्ध हुने समस्यालाई न्यूनिकरण गर्नुका साथै किशोरीहरुमा प्रजनन स्वास्थ सम्बन्धी सचेत रहन कार्यक्रमले सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमका सहजकर्ता निलम महर्जनले विद्यार्थीको स्वास्थ्य महत्वपूर्ण रहेको भनाइ राख्दै प्रजनन स्वास्थ्य आफु पनि सचेत रहन र अरुलाई पनि सो बारे सचेत गराउन अनुरोध गर्नुभयो ।
क्लबका सचिव इन्दिरा मर्सानीले संचालन, निलम महर्जन र गिता जोशीले प्रजनन स्वास्थ्य सम्बन्धी सहजिकरण गर्नुभएको कार्यक्रममा शिवालय मा.वि र जटेश्वर मा.विका छात्राहरुलाई अभिमुखिकरण गराईनुका साथै दुबै विध्यालयलाई १०० थान सेफटी प्याड वितरण गरिएको थियो ।
Comments closed