




पोखरा पौष २४
सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिकाका उपाध्यक्ष लाल शुब्बा गुरुङ्गको प्रमुख आतिथ्यतामा रुपा गाउँपालिका–५ देउराली खडागाउँ स्थित श्री भैरवी आधारभूत विध्यालयमा न्यानो कपडा वितरण् कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै उपाध्यक्ष लाल शुब्बा गुरुङ्गले मौसम अनुकुल विद्यार्थीहरुलाई लक्षित गरी स्विटर वितरण कार्यले विद्यार्थीहरुको विद्यालय आगमनमा सहयोग पुर्याउने धारणा व्यक्त गर्दै गाउँपालिकाले शैक्षिक क्षेत्र सुधारका कार्यक्रमहरु योजना गरेको र सो योजनाहरु सफलतापूर्वक सम्पन्न गर्न संघ संस्थाहरुको पनि महत्वपूर्ण भूमिका रहने हुँदा समन्वय र सहकार्यका लागि गाउँपालिकाले सबैलाई स्वागत गर्ने भनाइ राख्नुभयो । यसैगरी सिद्धार्थ क्लबका अध्यक्ष पार्वती माकाजूले न्यानो कपडा वितरण कार्यक्रमले विद्यालय समयमा चिसोका कारण विद्यार्थीको स्वास्थ्य र शिक्षामा पर्न सक्ने असरलाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । साथै उहाले गुणस्तर शिक्षा प्रदान गर्ने कार्यमा क्लबको सदैव सहयोग रहने भनाइ राख्नु भयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खम बहादुर गुरुङ र विद्यालयका प्रधानाध्यापक श्याम कुमार श्रेष्ठले गुणस्तर शिक्षा प्रदान गर्ने कार्यमा विद्यालय प्रतिवद्ध रहेको भनाइ राख्नु भयो । कार्यक्रममा गाउपालिका सदस्य मेलिना नेपाली, क्लबका सल्लाहकार समिति सचिव रवि मर्सानी लगायतले कार्यक्रमले विद्यार्थीहरुको स्वस्थ्यमा प्रत्यक्ष लाभान्वित गरी शिक्षा आर्जनमा नियमितता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयका ३८ जना बालबालिकाहरुको लागी स्विटर वितरण गरिएको थियो । क्लबका सचिव ईन्दिरा मर्र्सानीले संचालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष तिर्थ श्रेष्ठ र निवर्तमान अध्यक्ष विनोद प्रसाद श्रेष्ठले कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।
Comments closed