पोखरा पौष २२
सिद्धार्थ क्लब पोखराले पोखरा महानगरपालिका वडा कार्यालय ८ को सहयोगमा महिला उद्यमशिलता बारे अभिमुखिकरण तथा सिपमुलक तालिम श्री रुद्रनाथ बराल ज्यूको प्रमुख आतिथ्यतामा कुबँर समाज घरमा सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि रुद्रनाथ बरालले तालिमका सहभागिहरुले सिकेको सिपलाई व्यवसायी या रोजगार भएर सिपको सदुपयोग गर्न अनुरोध गर्दै सिपको मुल्याङकन गरी वडाले विउ पुजीका रुपमा आर्थिक सहयोग पनि गर्न सक्ने जानकारी गराउनु भयो । साथै उहाले क्लबले गर्ने सामाजिक सरोकारका कार्यक्रमहरु वडा कार्यलयको सहयोग रहिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यसै गरि कार्यक्रमका अध्यक्ष पार्वती माकाजूले महिलाहरुले सिप मार्फत आर्जन गर्ने विश्वास व्यक्त गर्दै महिलाहरु व्यवसायमा संलग्न रही आत्मनिर्भर हुनु पर्नेमा जोड दिनुभयो । साथै उहाले स्थानिय निकाय संगको समन्वयमा सामाजिक गतिविधीहरु संचालन गर्ने र सो कार्यमा सबैको साथ रहनेमा विश्वस्त हुनुभयो । कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष विनोद श्रेष्ठ, सल्लाहकार समिति सचिव रवि मर्सानीले सहभागिहरुको सक्रिय सहभागिताले कार्यक्रम सफल रहने भनाई राख्दै सिपको सदुपयोग गर्न अनुरोध गर्नुभयो । कार्यक्रमका प्रशिक्षक विना गुरुङ्गले तालिम समापन भएतापनि सम्बन्धले निरन्तरता पाउने विश्वास गर्दै इच्छुक महिलाहरुलाई उद्यमशिल बनाउन आफनो पूर्ण सहयोग रहने भनाइ व्यक्त गर्नुभयो । कार्यक्रमका सहभागी समिक्षा कुबँरले तालिम व्यवहारीक र बजारको माग अनुसार रहेको भनाइ राख्दै थप तालिमको व्यवस्था गरिएमा सिपमा निखारता आउने हुदा वडा कार्यलय र सिद्धार्थ क्लबले सो को व्यवस्थाका लागि अनुरोध गर्नभयो । पौष २० गते देखी २२ गते सम्म सञ्चालन गरिएको तालिममा प्रशिक्षक विना गुरुङले २६ जना महिला सहभागीहरुलाइ क्रिस्टलको चुरा, पोतो,टप, औठी, माला लगायतको सामग्री बनाउन सिकाउनुभएको थियो ।

0 comments

Leave a reply