




पोखरा २० मंसिर
सिद्धार्थ क्लब पोखराले लागुऔषध, एच.आई.भी तथा यौनजन्य संक्रमण सम्बन्धी अनुशिक्षण तथा प्राथमिक उपचार बाकस वितरण कार्यक्रम अन्नपूर्ण गाउँपालिका शिक्षा अधिकृत बलराम भुगाईको प्रमुख आतिथ्यतामा फुम्रोङखु मा.विमा सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि बलराम भुगाईले विद्यार्थी भाइबहिनीहरुले कार्यक्रम बाट सकरात्मक कुराहरु सिक्न जोड दिदै लागुऔषध को दुव्र्यसन बाट टाडा रहनुपर्ने र आफुहरुले सिकेको कुरा साथिहरु संग पनि प्रदान गर्नु पर्ने भनाइ राख्नु भयो । क्लब का अध्यक्ष पार्वती माकाजूले क्लबले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सचेतना गर्ने उद्धेश्यका साथ आयोजना गरिएको कार्यक्रमबाट विद्यार्थीहरुलाई सकरात्मक बाटोमा हिडन मार्गनिर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो । फुम्रोङखु मा.वि का प्रधानाध्यापक दिपक क्षेत्रिले क्लबले आगामि दिनमा पनि सचेतनामुलक कार्यक्रमहरु विद्यालयमा सञ्चालन गरि विद्यालय संगको सम्बन्ध निरन्तर रुपमा अगाडि बढाउन अनुरोध गर्दै प्राप्त सहयोगको सहि सदुपयोग एवं आवश्यक्ता अनुसार सामग्रीको परिपुर्ति गर्ने भनाइ राख्नु भयो । यसै गरि सहजकर्ता निलम महर्जनले विद्यार्थीहरुको लागी कार्यक्रमको विषय नौलो नरहेता पनि गम्भीर विषय रहेको हुदाँ सो बारे सचेत रही आफु र आफ्नो समाजमा सभ्य एवं विकृत रहित बनाउन विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहने विचार राख्नु भयो ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक निशा श्रेष्ठ द्धा तथा चरक ऐकेडेमीका मेट्रन निलम महर्जनले अन्नपूर्ण गाउँपालिकाका आठ विद्यालयका प्रतिनिधि शिक्षक तथा विद्यार्थीहरुलाई सहजिकरण गरेको कार्यक्रममा विद्यालयहरुलाई औषधी सहितको प्राथमिक उपचार बाकस एक एक थान वितरण गरिएको थियो । संस्थाका सचिव ईन्दिरा मर्सानी श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वगत प्रथम उपाध्यक्ष तिर्थ श्रेष्ठ र कार्यक्रम माथि प्रकाश पूर्व अध्यक्ष रवि मर्सानीले गरेका थिए ।
Comments closed