पोखरा मंसिर ८
सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिका खडागाउँ स्थित श्री भैरवी आधारभूत विद्यालयमा विद्यालयको आवश्यकता पहिचान कार्यक्रम क्लबका अध्यक्ष पार्वती माकाजूको अध्यक्षतामा सम्पन्न गरेको छ ।
सिद्धार्थ क्लब पोखराले बालबालिकाहरुको शिक्षामा केन्द्रित रहि विभिन्न कार्यक्रमहरु गर्ने सन्दर्भमा बालमैत्रि विद्यालय निर्माणका लागि विद्यालयको आवश्यकता पहिचान कार्यक्रम भैरवी आधारभूत विद्यालयमा आयोजना गरिएको जानकारी दिनुभयो । विद्यालय बालमैत्रि भएमा गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुने भनाई राख्दै श्री भैरवी आधारभूत विद्यालयमा बालमैत्रि वातावरण सृजना गर्न विद्यालय परिवार सक्रियतापूर्वक लाग्नु पर्ने र यस कार्यमा क्लबले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसैगरि वडा नं ५ का वडा सदस्य राजन खनालले शैक्षिक गुणस्तर प्रति वडा सचेत रहेको र विद्यालयमा पठन पाठनमा गाउँपालिका तथा वडा कार्यलय बाट विभिन्न कार्यक्रमहरु समेटिएको जानकारी गराउँदै विद्यालयलाई बालमैत्रि विद्यालय निर्माण गर्न कार्यमा वडाको सहयोग रहनेमा विश्वस्त रहन आग्रह गर्नुभयो । विद्यालयका प्रधानाध्यापक श्यामकुमार श्रेष्ठले कार्यक्रमले विद्यालयको शैक्षिक सुधारका सवालमा विद्यालयको आवश्यक्त पहिचान गर्न सहयोग गरेको भनाई राख्दै विद्यालयको आवश्यक्ताहरु परिपुर्ति गर्दै बाल मैत्रि बातावरण सृजना गर्ने कार्यका लागि स्थानिय निकाय र संघ संस्थाहरु संग सहकार्य तथा सहयोग गर्न अनुरोध गर्नु भयो ।
रुपा गाउँपालिका वडा नं ५ का जनप्रतिनिधी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका प्रतिनिधी तथा विद्यालयका शिक्षक अभिभावकको उपस्थिती रहेको कार्यक्रममा सहजकर्ता विष्णु कुमार मल्लले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष तिर्थ श्रेष्ठ, कार्यक्रम माथि प्रकाश निवर्तमान अध्यक्ष विनोद प्रसाद श्रेष्ठ र कार्यक्रम सञ्चालन सचिव ईन्दिरा मर्सानी श्रेष्ठले गर्नुभएको थियो ।

Comments closed