पोखरा,२३ कात्तिक
सिद्धार्थ क्लब पोखराले Socialize Yourself कार्यक्रम क्लबका अध्यक्ष पार्वती माकाजूको सभाध्यक्षमा गाउँघर क्याफेको सभाहलमा सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै सभाध्यक्ष पार्वती माकाजूले सामाजिक परिवर्तनमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको हुदा युवालाई सामाजिक संलग्नतामा लाग्न उत्पे्ररणा गर्न यस कार्यक्रमको आयोजना गरिएको जानकारी दिनु भयो । कार्यक्रमले सहभागीहरुमा केही रुपमा भएपनि परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै युवा लक्षित कार्यक्रमहरुको निरन्तरताको प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सहभागीको तर्फबाट मन्तव्य राख्दै सुजन आचार्य र सिफाली श्रेष्ठले कार्यक्रममा सहभागीता हुने अवसर प्रदान गरकोमा आभार प्रकट गर्दै युवा लक्षीत यस कार्यक्रमले सामाजिक सेवाका कार्यमा संलग्न हुन प्रेरणा मिलेको भनाइ राख्दै सिकेका ज्ञानलाई आत्मसाथ गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
युवाहरुलाई उनीहरुको समग्र वैयक्तिक विकासमा सामाजिक संलग्नताले खेल्ने सकारात्मक भूमिकाको महत्व अन्तर्वोध गराउने उद्देश्यले आयोजन गरिएको एक दिने Socialize Yourself विषयक उत्पे्ररणामुखी कार्यशालामा सहभागी चालिस जना युवा युवतीहरुलाई लक्ष्य प्राप्तीको लागी उत्प्ररणा सम्बन्धी विषयमा सहजकर्ता प्रदिप बज्राचार्य र संस्था र सामाजिकरण विषयमा सहजकर्ता सुमन कुमार श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमका सहभागीहरुलाई स्वागत क्लबका प्रथम उपाध्यक्ष तिर्थ श्रेष्ठले गर्नभएको थियो भने कार्यक्रम संचालन सचिव ईन्दिरा मर्सानी श्रेष्ठले गर्नुभएको थियो ।

Comments closed