पोखरा कार्तिक २०
सिद्धार्थ क्लब पोखराले अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङ्गको प्रमुख आतिथ्यतामा गाउँपालिका १ भारतीडाँडा स्थित श्री परशु आधारभूत विध्यालयमा न्यानो कपडा वितरण् कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै उपाध्यक्ष सगुन गुरुङ्गले क्लबको कार्यक्रमहरुको प्रशंशा गर्दै समय सापेक्ष विद्यार्थीहरु लक्षित पुण्यको काम भएको धारणा व्यक्त गर्दै गाउँपालिकाले शैक्षिक क्षेत्र सुधारका कार्यक्रमहरु योजना गरेको र सो योजनाहरु सफलतापूर्वक सम्पन्न गर्न संघ संस्थाहरुको पनि महत्वपूर्ण भूमिका रहने हुँदा समन्वय र सहकार्यका लागि गाउँपालिकाले सबैलाई स्वागत गर्ने भनाइ राख्नुभयो । यसैगरी सिद्धार्थ क्लबका अध्यक्ष पार्वती माकाजूले स्वास्थ्य र शिक्षा अन्तरनिहित विषय रहेको हुदाँ न्यानो कपडा वितरण कार्यक्रमले विद्यालय समयमा चिसोका कारण विद्यार्थीको स्वास्थ्य र शिक्षामा पर्न सक्ने असरलाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । साथै उहाले गुणस्तर शिक्षा प्रदान गर्ने सवालमा विद्यालय प्रतिवद्ध रही अवश्यक सहयोगका लागी समन्वय गर्न अनुरोध गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ अधिकारी र विद्यालयका प्रधानाध्यापक तुलसी प्रसाद अधिकारीले क्लबको सहयोग प्रति आभार व्यक्त गर्दै क्लबको सहयोगले पठन पाठन नियमितता तथा गुणस्तर शिक्षामा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरि क्लबका निवर्तमान अध्यक्ष विनोद प्रसाद श्रेष्ठले क्लबको सहयोग विद्यालयलाई महत्वपूर्ण रहने बारे भनाई राख्दै सहयोगको सहि सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नुका साथै अभिभावकहरुलाई विद्यार्थीहरुलाई विद्यालय जाने वातावरण सृजना गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा विद्यालयका ३१ जना बालबालिकाहरुको लागी स्विटर र टोपी वितरण गरिएको थियो । क्लबका सचिव ईन्दिरा मर्र्सानीले संचालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष तिर्थ श्रेष्ठले गर्नुभएको थियो ।

Comments closed