पोखरा, कत्र्तिक १६
सिद्धार्थ क्लब पोखराले कारागार कार्यालय कास्कीमा पोखरा महानगरपालिका वडा कार्यालय ७ का अध्यक्ष रामचन्द्र बरालको प्रमुख आतिथ्यतामा कार्यालयका बन्दीहरुको निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी रामचन्द्र बरालले बन्दीहरुको स्वास्थ्यको दायित्व विशेषता राज्यको रहेता पनि सिद्धार्थ क्लबले यस क्षेत्रमा चासो राखी राज्यलाई सहयोग गर्ने उधेश्यका साथ स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा कार्यक्रमहरु संचालन गर्ने गरेकोमा धन्यबाद व्यक्त गर्दै वडा कार्याल्यले पनि स्वास्थ्यका सवालहरुलाई प्राथमिकताका साथ सम्बोधन गर्ने भनाई राख्नु भयो । सिद्धार्थ क्लबका अध्यक्ष पार्वती माकाजूले कारागार भित्रका व्यक्तिहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै क्लबले स्वास्थ्य शिविर आयोजना गरिएको र कार्यालय संग समन्वय गरि आगामि दिनमा स्वास्थ्यका साथै सिपमुलक तालिमहरु प्रदान गर्ने सोच रहेको भनाई राख्नु भयो । कार्यालय कास्कीका जेलर गणेश गौतमले कारागारमा शिविर आयोजना गरि स्वास्थ्य सेवा प्रदान गरेकोमा क्लब प्रति आभार व्यक्त गर्दै कार्यक्रमको निरन्तरताको अपेक्ष व्यक्त गर्नुभयो ।
स्त्रिरोग, पेट, छाती तथा मुटुरोग, छाला, दन्त सेवा, ई.सि.जी., ल्याब सेवा कार्यालयका ४४७ पुरुष र ३७ महिला गरि ४८४ जना बन्दीहरुले निःशुल्क स्वास्थ्य तथा औषधी सेवा प्राप्त गर्नु भएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रम माथि प्रकाश कार्यक्रम संयोजक प्रमोद नारायण श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सचिव ईन्दिरा मर्सानी श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।

Comments closed