पोखरा कात्तिक ६
सिद्धार्थ क्लब पोखराले महिलाहरुका लागी क्षमता अभिवृद्धी कार्यक्रम क्लबका अध्यक्ष पार्वती माकाजूको अध्यक्षतामा चिप्लेढुङगा स्थित दि भिलेज रेष्टुरेन्टको सभाहलमा सम्पन्न गर्यो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सभाध्यक्ष पार्वती माकाजूले सिद्धार्थ क्लबले विगत देखी महिला शसक्तिकरका कार्यक्रमहरु आयोजना गरिरहेको सन्दर्भमा महिलाहरुका लागी क्षमता अभिवृद्धी कार्यक्रम को आयोजना गरेको र कार्यक्रमले महिलाहरुको क्षमता विकाशमा केही परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नु भयो । त्यसै गरि क्ल्बमा निवर्तमान अध्यक्ष विनोद प्रसाद श्रेष्ठले सहभागिहरुले कार्यक्रमको सिकाइलाई आत्मसाथ गर्नेमा विश्वश्त रहनुभयो ।
त्यसै गरि संचारीका समूह गण्डकी प्रदेशका सचिव तथा कार्यक्रमका सहजकर्ता कञ्चन थापाले सिद्धार्थ क्लबको सामाजिक कार्यहरुको प्रशंसा गर्दै महिलाहरु सकारात्मक रुपान्तरणका लागि सामाजिक कार्यमा सक्रियतापूर्वक लाग्नुपर्ने भनाई राख्नु भयो । सहभागिहरुको तर्फबाट मन्तव्य राख्दै शाल्भि बास्तोला मर्सानी र गोमादेवी कोइराला सुबेदीले कार्यक्रम महत्वपूर्ण र प्रभावकारी रहेको मनसायको भनाई राख्दै यस प्रकारका कार्यक्रम दुइ वा तिन दिनको समय अवधिका लागि आयोजना गर्दा बढी प्रभावकारी रहने भनाई राख्नुभयो ।
कार्यक्रममा सहजकर्ता कञ्चन थापाले महिलाहरुको जिविकोपार्जनका लागी सामाजिक क्षेत्र,आयआर्जनका श्रोत तथा अवसर , प्राविधिक ज्ञान र उद्यमशिलताका क्षेत्रमा महिलाको भूमिका लगायतका विषयमा केन्द्रित रहि सहजिकरण गर्नुभएको कार्यक्रममा सिद्धार्थ क्लबका महिला सदस्यहरु र स्थानिय संस्था बगालेटोल सामुदायिक विकाश केन्द्र, शुभकामना महिला बिकास केन्द्र, सिद्धार्थ टोल बिकास संस्था, चिप्लेढुंगा टोल बिकास संस्था, सम्झौता नारी जागृती समूह र भवानी आमा समूहका महिला सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रम सचिव ईन्दिरा मर्सानी श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रथम उपाध्यक्ष तिर्थ श्रेष्ठले राख्नुभएको थियो ।

Comments closed