




सिद्धार्थ क्लबको शुभकामना आदान प्रदान
पोखरा, १७ असोज
सिद्धार्थ क्लब पोखराले नेपालीहरुको महान पर्व २०७६ सालको विजयादशमी, दिपावली, नेपाल सम्बत तथा छठको उपलक्ष्यमा चिप्लेढुङ्गा स्थित दि भिलेज रेष्टुरेन्टको सभाहलमा समाजसेवी तथा शिक्षविद विरेन्द्र कुमार बाटाजूको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि विरेन्द्र कुमार बाटाजूले सिद्धार्थ क्लबले गरेका सामाजिक रुपान्तरणका कार्यक्रमहरुको प्रशंशा गर्दै चाडपर्वहरुले समुदायका व्यक्तिहरुमा सदभाव, प्रशन्नता एवं सामुहिक भावना विकाश गर्न सहयोग गर्ने विश्वास सहितको शुभकामना मन्तव्य व्यक्त गर्नु भयो ।
सिद्धार्थ क्लबका अध्यक्ष पार्वती माकाजूले नेपालीहरुको महान पर्व दशैको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमले एक आपसी सदभाव कायम रहनुका साथै संस्कृतीको संरक्षण रहने विश्वास व्यक्त गर्दै शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित कार्यसमिति सदस्य, पूर्वअध्यक्ष, सदस्यहरु विभिन्न संघ संस्थाका सम्माननिय व्यक्तिहरु, कर्मचारी साथीहरुमा महान पर्वको शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा बगालेटोल सुन्दरमार्ग टोल विकास समितिका अध्यक्ष तथा सिद्धार्थ क्लब सल्लाहकार समिति संयोजक हिराकाजी श्रेष्ठ, सिद्धार्थ क्लबका मानार्थ सदस्य भक्तराज श्रेष्ठ, पूर्व अध्यक्ष गणेश छबि, राजेन्द्र बाटाजू र रवि मर्सानीले नेपालीहरुको महान पर्वहरु मनाउदा सामुदायिक सदभावक र आत्मियताका साथ मनाउनु पर्ने मनासायको भनाई व्यतm गर्दै उपस्थित सबैमा सु स्वास्थ्य र दिर्घायूको कामना सहितको शुभकामना व्यतm गर्नुभयो । त्यसैगरि शुभकामना महिला विकाश संस्थाका अध्यक्ष सम्झना माकाजू , भवानि आमा समूहका अध्यक्ष सिता कुवँर, बगालेटोल सामुदायिक विकाश केन्द्रका उपाध्यक्ष राधिका श्रेष्ठ, सम्झौता नारी जागृती समूहका उपाध्यक्ष ज्ञानु श्रेष्ठले शुभकामना मन्तव्य राख्दै शिष्ट र शभ्य शैलिम चाड पर्वहरु मनाउनु पर्नेमा जोड दिनुभयो । क्लबका सचिव ईन्दिरा मर्सानी श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा प्रथम उपाध्यक्ष तिर्थ श्रेष्ठले स्वगत मन्तव्य राख्नुभएको थियो ।
Comments closed