




पोखरा अशोज १०
सिद्धार्थ क्लब पोखराले पोखरा महानगरपालिका वडा नं ८ स्थित श्री राम आधारभूत विद्यालयमा स्वास्थ्य उपचार कोष हस्तान्तरण कार्यक्रम पोखरा महानगरपालिका वडा कार्यालय ८ का अध्यक्ष रुद्रनाथ बरालको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि रुद्रनाथ बरालले स्थानिय तहमा केन्द्रित भई संघ संस्थाले कार्य गर्न लागेकोमा खुशि व्यक्त गर्दै विद्यालय लक्षित स्वास्थ्य कार्यक्रमहरु गर्ने दायित्व वडाको पनि रहेको हुदा वडाले विद्यालय लक्षित स्वास्थ्य कार्यक्रममा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसै गरि क्लबका अध्यक्ष पार्वती माकाजूले सिद्धार्थ क्लबले स्थापना गरेको कोष विद्यालयको पहलमा वृद्धि हुने र धेरै विद्यार्थीहरु लाभान्वित हुनेमा विश्वास व्यक्त गर्नु भयो । यसै गरि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ बराल र प्रद्यानाध्यापक तिर्थराज न्यौपानेले क्लब बाट प्राप्त सहयोगले विद्यार्थीको तत्काल उपचारको व्यवस्थामा सहज हुने भनाई राख्दै प्राप्त सहयोगको सहि सदुपयोगका साथै कोष बृद्धिमा विद्यालयले जोड दिने मनसाय व्यक्त गर्नुभयो ।
नगद रु सत्ताईस हजार पाँच सय रुपैया बराबरको चेक हस्तान्तरण गरिएको कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष तिर्थ श्रेष्ठले, कार्यक्रम माथि प्रकाश पूर्व अध्यक्ष रवि मर्सानी र कार्यक्रम सञ्चालन सचिव ईन्दिरा मर्सानी श्रेष्ठले गर्नुभएको थियो ।
Comments closed