२८ भाद्र ,पोखरा
सिद्धार्थ क्लब पोखराको आ.ब. २०७६÷०७७ का लागी नव निर्वाचित कार्यसमितिको पदस्थापन समारोह पोखरा महानगरपालिकाका प्रमुख श्री मान बहादुर जि.सी ज्यूको प्रमुख आतिथ्यता तथा सिद्धार्थ क्लबका अध्यक्ष विनोद प्रसाद श्रेष्ठको अध्यक्षतामा चिप्लेढुङगा स्थित दि भिलेज रेष्टुरेन्टको सभाहलमा सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मान बहादुर जि.सीले सिद्धार्थ क्लबको समाजिक कार्यक्रमहरुको प्रसंसा गर्दै महानगर केन्द्रित शहरीकरणका विषयहरु लक्षित बहस एवं व्यवस्तीत सहर निर्माणमा सहयोग गर्ने कार्यक्रमहरु आयोजना गर्न अनुरोध गर्नुभयो। साथै उहाँले सिद्धार्थ क्लबले महानगर संग सहकार्य गरी कार्यक्रमहरु सञ्चालन गर्ने कार्यमा आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । यसै गरि कार्यक्रमका विशेष अतिथि एवं रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले रुपा गाउँपालिकामा सिद्धार्थ क्लबले गरेका शैक्षिक र स्वास्थ्यका कार्यक्रमहरुबाट समुदाय लाभान्वित भएको र गाउँपालिकाको उद्धेश्य प्राप्तीमा सहयोगी भूमिका खेलेको भनाई राख्दै नमूना गाउँपालिका निर्माणमा सिद्धार्थ क्लबको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिजय महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सिद्धार्थ क्लब आफनै गतिमा सामाजिक रुपान्तरणको कार्यमा लागिरहेकाले नै जिवन्त रहेको भनाई राख्दै महानगरपालिकाले सिद्धार्थ क्लब जस्ता क्रियाशिल संघ संस्थाहरुलाई आफनो उद्धेश्य प्राप्तिका लागि परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । गै.स.स. महासंघ कास्कीका अध्यक्ष पदम पहारीले संघ संस्थाहरु शहरमुखी केन्द्रित रहिरहेको अवस्थामा गाउँपालिकानै केन्द्रित रही कार्यक्रमहरु क्लबले सञ्चालन गरेको कार्यको प्रशंशा गर्दै अन्य गै.स.सहरुलाई पनि ग्रामिण समुदायमा आफनो पहुँच विस्तारको लागि अनुरोध गर्नुभयो। यसै गरि नवनिर्वाचित अध्यक्ष पार्वती माकाजूले सामाजिक सरोकारका गतिविधिहरुलाई निरन्तरता दिदै आफनो कार्यकालमा महानगर तथा गाउँपालिकाको सहकार्यमा समुदाय केन्द्रित रहि कार्यहरु गर्नुका साथै संस्था दिगोपनका कार्यक्रमहरुमा जोड दिने योजना जानकारी गराउनुभयो ।
सभाअध्यक्ष विनोद प्रसाद श्रेष्ठले आफ्नो कार्यकालमा संस्थाप्रति समर्पित भई सामाजिक कार्यक्रमहरु सम्पन्न गरेको भनाई राख्दै कार्यकालमा सहयोग गर्ने सबैमा धन्यबाद दिदै नयाँ कार्यसमितिको सफलताबको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा, महिला अधिकार मञ्च कास्की अध्यक्ष कल्पना ढकाल, एड्स रोग नियन्त्रण संघका अध्यक्ष विश्वमोहन गौचन, क्लबका निर्देशक सुमन कुमार श्रेष्ठले कार्यक्रम तथा नव निर्वाचित कार्यसमितिको सफलताको शुभकानमा व्यक्त गर्नुभयो ।
कार्यक्रममा पार्वती माकाजूको अध्यक्षतामा प्रथम उपाध्यक्ष तिर्थ श्रेष्ठ द्वितिय उपाध्यक्ष प्रमोद नारायण श्रेष्ठ निर्देशक सचिन श्रेष्ठ, सचिव ईन्दिरा मर्सानी श्रेष्ठ, कोषाध्यक्ष प्रकाशमान श्रेष्ठ, सहसचिव मिथिला श्रेष्ठ मल्ल सदस्यमा सुरेश कुमार श्रेष्ठ, नवराज गोठाजू, जमुना अधिकारी तिमिल्सीना र मदनकुमार मुल्मी रहने गरि आ.ब. २०७६।०७७का लागि निर्वाचित भएको समितिलाई पदस्थापन गराइएको थियो ।
पूर्व अध्यक्ष कृष्ण प्रसाद मर्सानीले संचालन गर्नुभएको र निवर्तमान अध्यक्ष रवि मर्सानीले स्वागत मन्तव्य राख्नुभएका पदस्थापन समारोहमा कार्यक्रममा संस्थाको बार्षिक बुलेटिन सिद्धार्थ आवाज विमोचन गरिएको, सहयोगी संस्था र संस्थाको कर्मचारीलाई सम्मान पत्र, कार्यक्रम संयोजकलाई मायाको चिनो र २०७५ सालमा माध्यामिक शिक्षा परिक्षा उत्तिर्ण गरेका छात्र छात्रा प्रशंशा पत्र प्रदान गरिएको थियो ।

Comments closed