




पोखरा भाद्र ७
सिद्धार्थ क्लब पोखराको आर्थिक बर्ष २०७५।०७६को बार्षिक साधारण सभा क्लबका अध्यक्ष विनोद प्रसाद श्रेष्ठको अध्यक्षतामा पोखरा ८ सिमलचौर स्थित गाउँघर क्याफेको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रममा अध्यक्ष विनोद प्रसाद श्रेष्ठले देश संघियताको संरचनामा गएको अवस्थामा स्थानिय निकायहरु संग समन्वय गरि कार्यक्रमहरु अगाडि बढाउनु पर्ने अवस्थामा आएको चुनौतिहरुबारे जानकारी दिदै सम्पन्न कार्यक्रम तथा संस्थाका गतिविधिहरुबारे उठेका जिज्ञासाहरु प्रस्ट पार्नुभएको थियो । सचिव प्रमोद नारायण श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा आ.ब. २०७५।०७६ को बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, आ.ब.२०७६।०७७ को बार्षिक कार्ययोजना लगायतका एजेण्डाहरुमाथि छलफल गर्नुका साथै संस्थाका सदस्यहरुको समर्थनमा एजेण्डाहरु अनुमोदन गरिएको थियो ।
Comments closed