पोखरा श्रावण ३२
सिद्धार्थ क्लबको आ.ब. २०७५।०७६को बार्षिक प्रगति समिक्षा कार्यक्रम तथा आ.ब. २०७६।०७७को बार्षिक कार्ययोजना निर्माण कार्यक्रम नागडाँडा स्थित हिमालयन देउराली रिर्सोटको सभाहलमा सम्पन्न भएको थियो ।
क्लबका अध्यक्ष विनोद प्रसाद श्रेष्ठले समिक्षा कार्यक्रममा आएका सुझावहरु लाई मध्यनजर गर्दै संस्थाका गतिविधिहरुमा परिवर्तन गरिदै लगिने भनाई राख्दै संस्थालाई मार्गनिर्देशन गर्न संस्थाका सदस्यहरुको सक्रिय सहभागितामा जोड दिनुभयो । यसै गरि आफनो मन्तव्य राख्दै पूर्व अध्यक्ष मुनिन्द्र मर्सानी र गणेश छबिले सामाजिक उत्तरदायित्वको क्षेत्रमा वृहत कार्यक्रमहरु तय गर्नु पर्नेमा जोड दिदै सदस्यहरुलाई कार्यक्रमहरुमा सहभागि गराउदै सामाजिक कार्यमा सक्रिय बनाउदै अगि बढन सुझाव दिनुभयो ।
कार्यक्रममा आर्थिक वर्ष २०७५।०७६मा सम्पन्न भएका कार्यक्रमहरुका साथै आर्थिक प्रतिवेदन माथि छलफल गर्नुका साथै २०७६।०७७ का अनुमानित कार्यक्रमलाई प्रभावकारी बनाउन कार्ययोजनामा संस्थाका पूर्व अध्यक्षहरुले समिक्षा गर्दै सुझाव दिनुभएको थियो ।
संस्थाका पूर्व अध्यक्ष, कार्यसमिति सदस्य र कर्मचारीको उपस्थिती रहेको कार्यक्रमको सहजिकरण पूर्व अध्यक्ष प्रदिप बज्राचार्यले गर्नुभएको थियो ।

Comments closed