पोखरा, जेठ ३२
सिद्धार्थ क्लब पोखराको आयोजना तथा पोखरा सिद्धार्थ हेल्थ केयर प्रा.लि र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा रुपा गाउँपालिका वडा नं ५ का अध्यक्ष टेक बहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा देउराली स्थित विश्व शान्ती माध्यामिक विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि टेक बहादुर गुरुङ्गले रुपा गाउँपालिकामा क्लबले गरेका शैक्षिक तथा स्वास्थ्य लक्षित कार्यक्रमहरुको प्रशंशा गर्दे समुदायमा सिद्धार्थ क्लबले पुर्याएको सामाजिक सेवाको लागी धन्यबाद व्यक्त गर्नुभयो ।
स्वास्थ्य शिविरको समापन कार्यक्रममा बोल्दै सिद्धार्थ क्लबका अध्यक्ष विनोद प्रसाद श्रेष्ठले वडा कार्याँलय, विद्यालय परिवार तथा कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गर्दै सामाजिक कार्यक्रममा क्लबले सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । पोखरा सिद्धार्थ हेल्थ केयर का प्रबन्ध निर्देशक मन बहादुर गुरुङ्गले स्वास्थ्यलाई ध्यानमा राखी सामाजिक दायित्व प्रति प्रतिवद्ध रहेको भनाइ राख्नुभएको थियो । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष, सदस्य एवं पोखरा सिद्धार्थ हेल्थ केयर प्रा.लि. र हिमालय आँखा अस्पताका चिकित्सक तथा प्राविधिक सहयोगीका साथै विश्व शान्ति माध्यामिक विद्यालयका प्रद्यानाध्यापक हरिराज घिमिर,े भैरवी आधारभूत विद्यालयका प्रद्यानाध्यापक श्याम कुमार श्रेष्ठ, महेन्द्र आधारभूत विद्यालयका प्रद्यानाध्यापक राज बहादुर शाहीको उपस्थिती रहेको थियो ।
वाल रोग, स्त्रिरोग, पेट, छाती तथा मुटुरोग, हाडजोर्नि तथा नसा रोग, दन्त सेवा, ई.सि.जी., भिडियो एक्स– रे, ल्याब सेवा, आँखा जाँच समुदायका ६०५ जनाले निःशुल्क स्वास्थ्य तथा औषधी सेवा प्राप्त गर्नु भएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका प्रथम उपाध्यक्ष पार्वती माकाजूले गर्नुभएको थियो भने कार्यक्रम सचिव प्रमोद नारायण श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।

Comments closed